नेपाल संसार को मान चित्र मा

नेपाल संसार को मान चित्र मा
संसारको मानचित्रमा हेर्दा सानो देखिय पनि अटल, स्वाभिमान, अखन्डता, स्वोछ, एबंमा स्रोत र साधनमा तुलना गर्ने हो भने संसार मा कुनै देश भन्दा कमी छैन।

Saturday, January 31, 2009

सन् २००८ का महत्वपूर्ण विश्व घटना

सन् २००८ का महत्वपूर्ण विश्व घटनाजनवरी २७:- इण्डोनेसियामा ३२ वर्षसम्म एकलौटी शासन गर्ने पूर्वराष्ट्रपति सुहार्तोको ८६ वर्षको उमेरमा निधन । उहाँको शासनकालमा आठ लाख कम्युनिस्ट र तीन लाख सर्वसाधारण मारिएका थिए । जनवरी २८ :- १८ महिनाको सैनिक शासनपछि सामाक सुन्दरावेजको नेतृत्वमा नागरिक सरकार गठन । फेब्रुअरी १७ :- सर्वियाली प्रान्त कोसोभो अलग्गिएर स्वतन्त्र राष्ट्र भएको घोषणा । फेब्रुअरी १८ :- आठ वर्षे सैनिक शासनपछि पाकिस्तानमा पहिलो संसदीय आमनिर्वाचन सम्पन्न । मार्च १५ :- तिब्बतमा दलाई लामाका समर्थ्ाकहरूले तीन दशकयताकै ठूलो हिंसात्मक दङ्गा गरेपछिको सुरक्षा कारबाहीमा दर्जनौँको मृत्यु थुप्रै पक्राउ । मार्च २४ :- भुटानको इतिहासमा पहिलोपटक संसद्का लागि आमनिर्वाचन सम्पन्न । अपि्रल १२:- चीन र ताइवानबीच ६० वर्षमा पहिलेपटक राष्ट्रपति तहमा वार्ता । अपि्रल २८ :-रतद्वारा एकैपटक १० वटा भू- उपग्रह प्रक्षेपण गरी विश्व कीर्तिमान कायम । मे ३:- म्यान्मामा नर्गिस नामको समुद्री आँधीबाट एक लाख मानिसको मृत्यु, १० लाख मानिस घरवारविहीन । मे १२ :- चीनको सिचुआन प्रान्तमा ७ दशमलव ९ रेक्टर स्केलको महाभूकम्प जाँदा ५५ हजार मानिसको मृत्यु, ४८ लाख मानिस घरवारविहीन । जुन २६ :- अमेरिकाद्वारा उत्तर कोरियामाथिको नाकाबन्दी र आतङ्कवादीको सूचीबाट हटाउने घोषणा । जुन २९ :- लिङ्ग परिवर्तन गरी पुरुष बनेका अमेरिकी नागरिक ३४ वषर्ीय थोमस बेरीद्वारा शिशु जन्माई विश्व कीर्तिमान कायम जुलाई ९:- इरानद्वारा 'सहाव-३' सहित ९ वटा क्षेप्यास्त्र परीक्षण । जुलाई १४ :- सुडानका राष्ट्रपति ओमार अली बसारविरुद्ध डार्पुmरमा युद्ध अपराध गरेको आरोपमा अन्तर्राष्ट्रिय युद्धअपराध अदालतमा मुद्दा चलाउन आदेश । अगस्ट ६ :- मौरिटानियामा सेना प्रमुख जनरल मोहम्मद ओल्ड अबेल अजिजद्वारा सत्ता कब्जा गरी राष्ट्रपति सिदिओल्ड चेख अब्दालाही र प्रधानमन्त्री यालेओल्ड अहमद पक्राउ । अगस्ट ७ :- जर्जियाको दक्षिणी ओसेटिया र अब्खाजियाको विषयलाई लिएर रुस र जर्जियाबीच युद्ध सुरु । सेप्टेम्वर १० :- पृथ्वीको उत्पत्तिको रहस्य पत्ता लगाउन स्वीट्जरल्याण्डको जेनेभामा अहिलेसम्मकै सबैभन्दा ठूलो भौतिक विज्ञानको परीक्षण सुरु । सेप्टेम्वर १५ :- अमेरिकाको चौथो ठूलो बैङ्क लेम्यान ब्रदर्स टाट पल्टेको घोषणासँगस्ाँगै विश्वव्यापी आर्थिक सङ्कट सुरु । अक्टोवर १० :- मो समयसम्मको गृहकार्यपछि भारत र अमेरिकाबीच गैरसैनिक आणविक सम्झौता सम्पन्न । अक्टोवर २२ :- भारतद्वारा पहिलोपटक मानवरहित अन्तरिक्ष यान 'चन्द्रयान'को सफल परीक्षण । नोभेम्वर ४ :- अमेरिकाको इतिहासमा पहिलोण्पटक अश्वेत राष्ट्रपतिमा बाराक ओबामा निर्वाचित । नोभेम्वर २६-२९ :- भारतको औद्योगिक सहर मुम्बईमा १० जना आतङ्ककारीले १० वटा प्रमुख स्थानमा आक्रमण गरेपछि ६० घण्टासम्म भिडन्त, दुई सय जनाको मृत्यु तीन सयभ्ान्दा बढी घाइते । डिसेम्बर २ :- थाइल्याण्डको संवैधानिक अदालतद्वारा सत्तारुढ पिपुल्स पावर पार्टीमाथि प्रतिबन्ध , प्रधानमन्त्री सोम्चाई वाङ्सावतलाई सत्ताच्यूत गरी पाँच वर्षसम्म राजनीति गर्न प्रतिबन्ध । डिसेम्वर ७-८ :- तालिवान विद्रोहीले अफगानिस्तानमा कार्यरत नेटो स्ोनालाई खाद्य सामग्री बोकेका १५० वटा सवारी साधन कब्जामा लिई आगजनी ...महत्वपूर्ण विश्व घटना
नमस्कार एबं स्वागतम मेरो ब्लग हेर्ने सम्पूर्ण साथीहरुलाई

About Me

My photo
Simple Living High thinking...

My Blog List