नेपाल संसार को मान चित्र मा

नेपाल संसार को मान चित्र मा
संसारको मानचित्रमा हेर्दा सानो देखिय पनि अटल, स्वाभिमान, अखन्डता, स्वोछ, एबंमा स्रोत र साधनमा तुलना गर्ने हो भने संसार मा कुनै देश भन्दा कमी छैन।
नमस्कार एबं स्वागतम मेरो ब्लग हेर्ने सम्पूर्ण साथीहरुलाई

Slideshow

Loading...

Sunday, February 8, 2009

हाइकु

हाइकु

बुझ्न छ गाह्रो
संसारको यो रिती
उन्लाई झन।।

सपना देख्थेँ
माया पाउने आस
ब्युँझे निरास।।

आकासै खस्यो
बेसरी म थिचिँय
कस्लाई भनुँ।।

दोधारे मन
बिचल्लिको संकेत
वाक्य भो बन्द।।

Saturday, January 31, 2009

सन् २००८ का महत्वपूर्ण विश्व घटना

सन् २००८ का महत्वपूर्ण विश्व घटनाजनवरी २७:- इण्डोनेसियामा ३२ वर्षसम्म एकलौटी शासन गर्ने पूर्वराष्ट्रपति सुहार्तोको ८६ वर्षको उमेरमा निधन । उहाँको शासनकालमा आठ लाख कम्युनिस्ट र तीन लाख सर्वसाधारण मारिएका थिए ।
जनवरी २८ :- १८ महिनाको सैनिक शासनपछि सामाक सुन्दरावेजको नेतृत्वमा नागरिक सरकार गठन ।
फेब्रुअरी १७ :- सर्वियाली प्रान्त कोसोभो अलग्गिएर स्वतन्त्र राष्ट्र भएको घोषणा ।
फेब्रुअरी १८ :- आठ वर्षे सैनिक शासनपछि पाकिस्तानमा पहिलो संसदीय आमनिर्वाचन सम्पन्न ।
मार्च १५ :- तिब्बतमा दलाई लामाका समर्थ्ाकहरूले तीन दशकयताकै ठूलो हिंसात्मक दङ्गा गरेपछिको सुरक्षा कारबाहीमा दर्जनौँको मृत्यु थुप्रै पक्राउ ।
मार्च २४ :- भुटानको इतिहासमा पहिलोपटक संसद्का लागि आमनिर्वाचन सम्पन्न ।
अपि्रल १२:- चीन र ताइवानबीच ६० वर्षमा पहिलेपटक राष्ट्रपति तहमा वार्ता ।
अपि्रल २८ :-रतद्वारा एकैपटक १० वटा भू- उपग्रह प्रक्षेपण गरी विश्व कीर्तिमान कायम ।
मे ३:- म्यान्मामा नर्गिस नामको समुद्री आँधीबाट एक लाख मानिसको मृत्यु, १० लाख मानिस घरवारविहीन ।
मे १२ :- चीनको सिचुआन प्रान्तमा ७ दशमलव ९ रेक्टर स्केलको महाभूकम्प जाँदा ५५ हजार मानिसको मृत्यु, ४८ लाख मानिस घरवारविहीन ।
जुन २६ :- अमेरिकाद्वारा उत्तर कोरियामाथिको नाकाबन्दी र आतङ्कवादीको सूचीबाट हटाउने घोषणा ।
जुन २९ :- लिङ्ग परिवर्तन गरी पुरुष बनेका अमेरिकी नागरिक ३४ वषर्ीय थोमस बेरीद्वारा शिशु जन्माई विश्व कीर्तिमान कायम
जुलाई ९:- इरानद्वारा 'सहाव-३' सहित ९ वटा क्षेप्यास्त्र परीक्षण ।
जुलाई १४ :- सुडानका राष्ट्रपति ओमार अली बसारविरुद्ध डार्पुmरमा युद्ध अपराध गरेको आरोपमा अन्तर्राष्ट्रिय युद्धअपराध अदालतमा मुद्दा चलाउन आदेश ।
अगस्ट ६ :- मौरिटानियामा सेना प्रमुख जनरल मोहम्मद ओल्ड अबेल अजिजद्वारा सत्ता कब्जा गरी राष्ट्रपति सिदिओल्ड चेख अब्दालाही र प्रधानमन्त्री यालेओल्ड अहमद पक्राउ ।
अगस्ट ७ :- जर्जियाको दक्षिणी ओसेटिया र अब्खाजियाको विषयलाई लिएर रुस र जर्जियाबीच युद्ध सुरु ।
सेप्टेम्वर १० :- पृथ्वीको उत्पत्तिको रहस्य पत्ता लगाउन स्वीट्जरल्याण्डको जेनेभामा अहिलेसम्मकै सबैभन्दा ठूलो भौतिक विज्ञानको परीक्षण सुरु ।
सेप्टेम्वर १५ :- अमेरिकाको चौथो ठूलो बैङ्क लेम्यान ब्रदर्स टाट पल्टेको घोषणासँगस्ाँगै विश्वव्यापी आर्थिक सङ्कट सुरु ।
अक्टोवर १० :- मो समयसम्मको गृहकार्यपछि भारत र अमेरिकाबीच गैरसैनिक आणविक सम्झौता सम्पन्न ।
अक्टोवर २२ :- भारतद्वारा पहिलोपटक मानवरहित अन्तरिक्ष यान 'चन्द्रयान'को सफल परीक्षण ।
नोभेम्वर ४ :- अमेरिकाको इतिहासमा पहिलोण्पटक अश्वेत राष्ट्रपतिमा बाराक ओबामा निर्वाचित ।
नोभेम्वर २६-२९ :- भारतको औद्योगिक सहर मुम्बईमा १० जना आतङ्ककारीले १० वटा प्रमुख स्थानमा आक्रमण गरेपछि ६० घण्टासम्म भिडन्त, दुई सय जनाको मृत्यु तीन सयभ्ान्दा बढी घाइते ।
डिसेम्बर २ :- थाइल्याण्डको संवैधानिक अदालतद्वारा सत्तारुढ पिपुल्स पावर पार्टीमाथि प्रतिबन्ध , प्रधानमन्त्री सोम्चाई वाङ्सावतलाई सत्ताच्यूत गरी पाँच वर्षसम्म राजनीति गर्न प्रतिबन्ध ।
डिसेम्वर ७-८ :- तालिवान विद्रोहीले अफगानिस्तानमा कार्यरत नेटो स्ोनालाई खाद्य सामग्री बोकेका १५० वटा सवारी साधन कब्जामा लिई आगजनी ...
महत्वपूर्ण विश्व घटना

Tuesday, January 27, 2009

कबिता (फुल र माली)

कबिता (फुल र माली)

जमिन यौटै हो, बगैचा नि(2)
भयो मात्रै माली को परिवर्तन यहाँ
परिवर्तन को मुना पलाई सकेछ
आझै ठुलो त भयो सत्ता परिवर्तनको ।।

नयाँ मालीको नयाँ सोच र बिचार(2)
जल र मल को सन्तुलित उपहारले
फुल फुल्ने हो कहिले
फक्रेर फल लाग्ने झन कहिले।।

रङगी र चङगी फुल फुलाउने सपना(2)
बोकेको मालीको खुट्टा तान्नेले
अनी डर र त्रासमा पलायको मुना
ओइलाई जाने पो हो कि भन्ने डर भमरामा।।

समय र वातावरणको परिवर्तन सँगै(2)
फुल र मालीबिच दोन्दको सिर्जना
उचाल्ने र पछार्नेको होड्बाजिले
भयो बगैचा जङगल सरी।।

सुनमा सुनगन्ध थ्यो अब भो दुर्गन्ध(2)
छैन अब बगैचामा फुल को सुगन्ध
माहुरी को बिस्थापन, सुनसान भो बगैचा
सपना सपनै भो ब्युझने हो कहिले।।

Tuesday, January 6, 2009

कोपिला, फूल र प्रेमको भाषा एकै हुन्छ

अलकत्रे सडक। जहाँ रुखका लामा लामा छायाहरु बिलाएको थियो। हेर्दा लाग्थ्यो यो सडक कुनै बलिष्ठ पुरुषको नाङ्गो छाती हो। ऊ त्यही सडक छेउमा उभिएकी थिई र सोचको गहिरो दहमा डुबेकी थिई। उसले आफू गइरहेको दिशासमेत पत्तो पाएकी थिइन। ठ्याक्कै जानै पर्ने ठाउँ पनि थिएन। भेट्नु पर्ने कोही विशेष मान्छे थिएन। र निरुद्देश्य एकनास हिँडिरहेकी थिई। उसले सोची- ‘साथहरु केही क्षणका लागि रहेछन्। अब जीवनमा मैले एक्लै एक्लै हिंड्नु पर्छ। बाँच्नु पर्ने जीवन लामो छ। काम गरेर थाक्नु पर्ने दिन र आराम गर्नुपर्ने रातहरु धेरै छन्।’
उसले कसिलो ठानेको प्रेमको डोरी भरखरै छिनेकJ थियो। यो विछोडको पीडाले एक्लै रहँदा ऊ आफूमा शून्य महसुस गर्थी। शहरको कोलाहलले उसलाई अलिकति पनि छोइरहेकJ थिएन। आफ्नै मनमा ठूलो कोलाहल मच्चाएर हिंडेकी थिई। नाप्ने हो भने मनभित्रको कोलाहलको डेसिबल सबैभन्दा बढी पुग्छ भन्ने उसको अनुमान थियो।
साँझ परिसकेको थिएन। दिनभर तातेको घाम विस्तारै पहेँलिँदै र रातो बन्दै गएको थियो। उसले पश्चिम भासिन लागेको फुङ्ग बादल छेउको घामको घुर्मैलो रातो डल्लोलाई हेरी। ‘यो मबाट कति टाढा होला-’, साँझको सिरसिरे बतासले उडाएको कपाल त्यतिकै छाडिदिएर उसले सोची- ‘मेरा प्रत्येक सम्बन्ध यही डढेको साँझको सूर्यजस्तो पहेँलिएका छन्। यी सम्बन्धका सीमाहरु मबाट यति परको क्षितिजमा छन् जति दूरीमा छ यो सूर्य।’
उसले निष्ठुरी भइसकेको प्रेमीलाई सम्झी। उसको हातको तातो स्पर्श याद गरी। मैलो बाग्मती सम्झी। जहाँ उनीहरु हात समातेर प्रष्ट नदेखिने सूर्यको छाया हेर्थे। त्यो हिजोलाई उसले अहिलेको आफ्नो जिन्दगीसाग दाँजी र अझ उदास भई। निधारमा लागेको प्रेमीको ओठको दाग झरीले खोपिल्टा परेको बलेसीजस्तो अब विस्तारै मेटिँदै गएको अनुभव गरी। पीडाले छियाछिया पार्ने मन बाहेक प्रेमीको चिनो नीलो चाक्लो रुमाल उसले हराइसकेकी थिई। जो नहराउन्जेल प्रत्येक साँझ आफ्ना गुलाबी गालाहरुमा टाँसेर ऊ त्यसलाई चुमिरहन्थी। जसबाट आउँथ्यो उसको प्रेमीको हरक र मायालु स्पर्श। जुन दिन त्यसलाई हराइ ऊ निकै रोई र सिरानी भिजाइ। एकान्तमा आउने उसको प्रेमीको सुगन्ध त्यही रुमालसँगै हराएको थियो।
यस्तै सोचाइको लम्बाइ बढ्दै गएपछि उसलाई आफ्नो सौन्दर्यको उचाइले आफैलाई किचेको अनुभव भयो। सम्झनाका सिर्कनाहरुले मनको कुनामा यसरी सोँठ्याए कि प्रत्येक प्रहार उसका लागि पीडादायी भइरहर्‍यो। उसलाई आफूभित्रको विश्वासको हिमाल होचिँदै गएको भान भयो। सबै सुन्दरता धूँवाको कालो लप्का र खरानीजस्तो भएर आँखामा देखियो। सोचाइको ऐनामा हेर्दाहेर्दै उसलाई हिजो सुन्दर लागेको उसको प्रेमीको अनुहार विस्तारै कुरुप र भद्दा लाग्दै गयो।
आँखाको नानीमा विगतको सम्झनालाई उसले यसरी हेरी-
प्रत्येक साँझ उनीहरु प्राचीन शहर घुम्थे। मक्किन लागेको ऐतिहासिक सिंढीमा ढेपिएर बसेका हुन्थे। छेवैमा हरियो लेउ लागेको पोखरी थियो। पोखरी छेउमा पहेँलो इँटा छापिएको सफा बाटो थियो। बाटो पुराना घरहरु छुँदै पर्तिर कतै अन्त मोडिएको थियो। उनीहरु बाटो छेउको प्रचीन देवलमा घण्टौँसम्म अडेस लाग्थे। कुनै विदेशी नियोगको सहयोगमा बनेको पार्कमा डुल्थे। हरेक भेटमा उसको प्रेमी उसलाई चुमिरहन्थ्यो र उत्तर आधुनिकजस्तो लाग्ने सोचाइमा भन्थ्यो-’प्रेम पनि अन्तिम सत्य होइन। मात्रै आकर्षणको चुम्बकीयताले पैदा गरेको भ्रम हो। र यो एउटा बाँच्न सिर्जना गरिएको निहुँ हो। यदि यति नहुँदो हो त बाँच्ने बहानामा सबै मान्छेले आत्महत्या गरिसकेका हुन्थे, तिमी र मैले पनि। वा एकले अर्कालाई मारिसकेका हुन्थे। यतिखेर सबै मान्छेसँग प्रेम, विछोड, मृत्यु, घृणा र पूर्वस्मृति जस्ता एक एक वटा बाँच्ने निहुँ छन्। त्यसैले वास्तवमा हामी अवास्तविक हौं। हाम्रो प्रेम अन्तिम सत्य होइन। अन्तिम सत्य असत्य र मृत्यु मात्रै हो, त्यो समयको काँटामा घडी भएर हल्लिरहेको हुन्छ। हावामा उड्ने धुलोका मसिना चक्काजस्तो हाम्रो अनुभूतिको उडानले यस्तै असत्यहरुलाई निहुँ बनाएर बाँच्ने अर्को निहुँ पैदा गरिरहेको छ।’
त्यतिखेर ऊ चौडा फैलिएको नीलो आकाश हेरेर प्रेमीको काखमा पल्टिएकी थिइ। उसले प्रेमीको काखमा सुतेर सुनेका नदीको प्रवाहजस्तै यी कुराको वास्ता गरिन। उसलाई यी सबै आधुनिक गद्य कविताजस्तो लाग्यो। र त्यो एकान्तिक भेटमा उसका कुरा प्रति कुनै विवाद गरिन। विवादमा ऊ सधैँ विफल हुन्थी। विवादमा तर्क गरिरहनु भन्दा प्रेमीको तातो काखमा पल्टिनु सयौँ गुणा लाभदायक हो भन्ने ऊ ठान्थी। र प्रेमीको काखमा पल्टेर रमाइला सपना देख्थी। यस्ता सपना जुन सपनामा सपनाका सबै विशेषताहरु भरिएका हुन्थे।मात्रै उसले प्रेम प्रदर्शन गरिरही। त्यसको प्रमाणमा रुमाल साटी, रुमाल साटिएको प्रेम गाढा हुन्छ भन्ने पुरानो विश्वासमा थियो उसको प्रेमी पनि। टाँसिएर फोटो खिची र सधैँ साथमा फोटो बोकेर हिँडी। उसलाई औधी मन पर्ने उसको त्यो प्रेमीलाई प्रत्येक भेटमा कसिलो शरीरलाई अझ आफूमा कसी। अंगालो हालेर जुङ्गाले नढाकेका राता ओठमा चुम्बन वर्षा गरी। गहुँगोरो गालामा म्वाइ खाई। आँखामा आँखा जोडेर हेरी। कयौँ पल्ट बलिष्ठ पाखुराहरु झड्कारेर आफूतिर तानी। केही नमिलेका औलाहरुलाई खेलाइ रही।
विगतको ऐनामा आफूलाई हेरिरहँदा अँध्यारोसँगै बढ्दै जाने डर र त्रासजस्तै उसको मनमा कुराका शृङ्खलाहरु बढिरहे। उसले मानवीय भावना, गरिमा, प्रेम, कसैको कसैसँगको गहिरो सम्बन्ध-सबै विस्तारै धमिलिँदै गएको अनुभव गरी। अझ प्रेमको कुनै निर्दिष्ट गन्तव्य नहुँदोरहेछ भन्ने उसलाई लाग्यो। ‘के बिहे मात्र प्रेमको निर्दिष्ट गन्तव्य हो ?’, कल्पनाको क्षितिजको गजबार भाँचेर उसले आफैलाई सोधी-’होइन भने आफ्नो जीवनभन्दा प्रिय सम्बन्ध नाघ्नै नसक्ने पहाड र तर्नै नसक्ने समुद्रजस्तो भएर किन टुट्यो ? किन हरायो प्रेमको चीनो नीलो रुमाल ? रुमाल हराउनु र सम्बन्ध टुक्रिनु एकै साथ किन भयो ?’ ऊ अनुत्तरित भइ।
उसले प्रेमको चिनो हराइसकेको रुमाल सम्झी।
र, रुमाल सम्झिँदै उसले अतितका चोक्टाहरु स्मृतिमा नचाइरही।
जेठको उखरमाउलो गर्मीको त्यो दिन उनीहरु टेकुको दोभानमा थिए। चुन पोतिएको त्यहाँको पुरानो देवलको रङ मान्छेको समवेदना र सभ्यताजस्तै पत्रपत्र भएर उप्किँदै गएको थियो। मैलो बाग्मतीलाई बग्ने हतारो थिएन, अल्छे लाग्दो गरी बगिरहेथ्यो। एउटाको देव्रे हातमा अर्काको दाहिने हात घुसारेर उनीहरु त्यो किनारैकिनार हिंडेका थिए। पारीको हरियो चौर र खुला आकाशको रंग त एकै थिएन तर वारी वसेर उनीहरुले पर देखिने पुल, उडिरहेका गिद्ध र कागका बथानहरुलाई एकनास नियालेका थिए। बतासको झोक्काले बिगारेको कपाललाई औलाको काइँयो बनाएर बेला बेला सम्याइरहन्थे। जलवायु परिवर्तनको असरले हुनुपर्छ खुला आकाशमा उत्तरतिरबाट केही राँटा बादल आएर धुम्म भएको थियो र एक्कासी पानी परेको थियो। खोला किनारको देवलको खोपीमा चेपिएर उनीहरु दर्किएको पानीबाट ओतिए। र, एकनास खोलामा परेका पानीका थोपाहरु हेरिरहे। उनीहरुको मनमा चाहिँ पानीका फोका फुटेजस्तै अनेक तरङ्ग आउने र फुट्ने गरिरहेको थियो।
ऊ गुलाबी रङ्गको कुर्तामा थिई। यसले उसको सौन्दर्य निकै खुलेको थियो। उसको प्रेमी घ्यु रङ्गको सर्ट र त्यही रङ्गको पाइन्टमा आएको थियो। गहुँगोरो ऊ पनि निकै ह्याण्डसम देखिएको थियो। चोइटिएको इँटाको टुक्राले ओत लिएर बसेको ठाउँमा बिना सल्लाह सक्दो छिटोछिटो भुँइमा एक अर्काको नाम कोरेका थिए। अनि एक अर्कालाई हेरेर लजाएका थिए। र, फेरि एक अर्काको हत्केलामा नामको वर्णको पहिलो अक्षर लेखेका थिए। हत्केलामा निबले कोर्दा काउकुती लागेर उसले असहज महसुस गरेकी थिई। दुवैले एकअर्काको हत्केलाका किरमिरे रेखाहरुमा सुखको भविष्य कुदेको जिन्दगीको चित्र देखेका थिए। आकर्षक गोला आँखाबाट लत्पतिएर गालामा लागेको गाजले दाग उसले आफ्नो नीलो रुमालले पुछिदिएपछि पुरुष स्पर्शले उसका गुलाबी गालाहरु अझ गुलाबी गुलाबी भएका थिए। कतिसम्म भने अनुहारका मसिना छिर्के दाग पनि प्रष्ट देखिएको थियो। हल्का लिपिस्टिकले केस्रा परेका ओठमा ऊ अझ सुन्दर देखिएकी थिई।
पानी थामिएको थियो।
आकाश उघ्रिँदै थियो तर ढल्किँदो दिनसँगै ऊ विस्तारै उदास हुँदै थिई।
विस्तारै हिँडेको अजिंगरजस्तो नदी किनारको सिँढीमा उसको दाहिने पट्टि ढेप्पिँदै भनेकी थिई-’म किन तिमीलाई विर्सनै नसक्ने भएको छु ? किन यति धेरै सम्झिन्छु र आफूलाई भन्दा तिमीलाई बढी माया गर्न थालेको छु ? मलाई जन्म दिने मेरी आमाको भन्दा बढी तिम्रो माया लाग्छ।’
चमकदार हीराजडित चाँदीको औँठीले अझ खिरिलो देखिएका उसका गोरा औँलाहरु चुमेपछि ऊ बोलेको थियो- ‘प्रेमको भ्रम यहीँबाट शुरु हुन्छ। जस्तो फूल फुल्नुअघि कोपिलामा हुन्छ। कोपिला सधैँ फूलभन्दा म सुन्दर छु भन्ने भ्रममा फूलिरहेको हुन्छ। कोपिला, फूल र प्रेमको भाषा एकै हुन्छ। केही नभनेर पनि फूल बोलिरहेको हुन्छ, मुस्काइ रहेको हुन्छ। केही नभनेर पनि प्रेममा धेरै भइरहेको हुन्छ। तिमीले कहिल्यै नसोच्नू यो प्रेम सागरभन्दा पनि गहिरो हुन्छ वा कहिल्यै नठान्नू यो उदास बगरजस्तो हुन्छ। जिन्दगीलाई आफ्नै आँखाको ऐनामा हेर्नु र सोच्नु कुनै दिन यो सगरजस्तो चौडा मनमा प्रेम गर्न एक चिम्टी ठाउँ पनि बाँकी नरहन सक्छ। आफूलाई औधी मन परेको कुनै चिज क्षणभरमै कुरुप लाग्न पनि सक्छ।’
शास्त्रीय शैलीको जवाफ उसले कम बुझी।
‘तर म त्यस्तो भ्रममा छु जस्तो लाग्दैन। म एकदम ठीक छु। मलाई मेरो मनले भनिरहेछ म साँच्चै प्रेमको दहमा विस्तारै डुब्दैछु। अब जीवन जीवन जस्तो लाग्न थालेको छ। तिमी छौ भन्ने लाग्छ र केही गर्ने उत्साह पैदा भइरहेछ। अब मसँग निराशाका कुनै राँटाहरु बाँकी छैनन्’, उसले एक सासमा ढेपिएरै भनी र उसका गालाहरुमा आफ्ना कोमल हत्केला नचाइ। एक अर्काको अनुहारमा मलिन भएर दुवैले हेरे।
‘तिमीलाई त्यस्तो लाग्नु पनि बेठीक होइन। प्रेम सदभाव हो यो सारा अस्तित्वप्रतिको। प्रेम करुणा हो, यदि त्यसमा दुःखी हुने हो भने त्यो भन्दा माथि दुःखी हुने कुनै ठाउँ हुँदैन। प्रेममा यस्तै हुन्छ। जीवन र खुशी, पीडा र आँसु पनि मगमगाउँछ थुप्रै परसम्म- त्यो क्षितिजभन्दा पनि परसम्म त्यसको सुवास मगमगाइ रहन्छ’, उसले यति भन्यो र उसको चाक्लो निधारमा एक चुम्बन गर्‍यो।
त्यसपछि उसले फेरि अर्को प्रश्न गरिन। बरु त्यसपछि ऊ प्रतिको स्नेह झन बढेको महसुस गरी। साँझ अबेरसम्म उनीहरुले त्यो किनारमा घुमेर आँखाले भ्याएसम्म देखिने परको पहाडलाई हेरिरहे। उसले आफ्नो प्रेम त्यहीँसम्म फैलिएको छ भन्ने ठानी। लोडसेडिङ थिएन। शहरमा बिस्तारै बत्तीहरु बल्न थालेपछि उनीहरु त्यहाँबाट कच्ची सडक हिंड्दै पचली भैरवको मन्दिर पुगेका थिए। उसको पाखुरा आफूतिर तान्दै कुममा टाउको अड्याएर ऊ लस्याक लस्याक हिँडिरहेकी थिई। उनीहरुले घुमेर मन्दिर दर्शन गरेका थिए।
त्यही दिन मन्दिरमा उसले आफ्नो खल्तीको नीलो चाक्लो रुमाल उसको हातमा राखिदिएको थियो। र, गालाहरुमा ओठको ल्याप्चे लगाइदिएर भनेको थियो-’राख यो रुमाल। अब मेरो गन्ध रुमालमा बेरिएर सधैँ तिमीसँगै रहन आएको छ। जहिलेसम्म हामी विधिवत् एक हुँदैनौँ तिमीले यो रुमाल सम्हालेर राख्नू। रुमाल साट्नु प्रेमको सबैभन्दा नजिकको प्रतीक हो। त्यसमा प्रेमीको सुगन्ध बसाउँछ। रुमालको सुगन्धले दिलाउने यादले प्रेमको समर्पण बढाउँछ र प्रेम अझ उचाइमा पुग्छ। जब साटिएको रुमाल हराउँछ त्यसपछि त्यो प्रेम आफै खिईँदै जान्छ। सम्बन्धका चहकिला रेखाहरु क्रमश मेटिँदै जान्छन् र अन्ततः विन्दु समेत नदेखिने गरी त्यो बिलाउँछ। सम्झिनू, साटिएको रुमाल हराउनु प्रेममा असफलताको संकेत र अपसकुन हो।’
केही नबोली उसले त्यो रुमाल आफ्नो कालो हाते ब्यागमा राखेकी थिई। र आफ्नो रातो रुमाल पट्याएर उसको हातमा राखिदिएकी थिई। नबोलेरै दुवैले दुवैलाई हेरेका थिए।
त्यहाँबाट माथि टेकुको मूल सडकसम्म आउँदा झण्डै झुण्डिए जसरी नै ऊ उसको जीउमा ढेपिएकी थिई।
त्यसपछिका दिनहरुमा पनि उनीहरु बंगलामुखी, दक्षिणकाली, सूर्यविनायक, स्वयम्भू, पशुपति डुलेका थिए। मन्दिरभित्रै पसेर दर्शन त गरेनन् तर मनमनै दुवैले एक अर्काको हुने बाचा गरे।
‘तर ठीक उसले भनेजस्तै भयो। मैले रुमाल हराएपछि सम्बन्धका चहकिला रेखाहरु क्रमशः मेटिँदै गए’, काठमाडौँको भीडभाड बसमा कार्यालयबाट घर फर्किँदै गर्दा हराएको रुमालको स्मृतिमा उसले आफूलाई फर्काई- ‘कुनै दिन यस्तो थियो उसलाई नसम्झी गाँस गलाबाट छिर्दैन थियो। एक झल्को उसको तस्वीर नहेरी न निद्रा पर्थ्यो न सपना सम्भव थियो। उसको माया नै आफ्नो जीवनको माया थियो र वास्तविक जीवनजस्तो लाग्थ्यो। तर त्यो प्रेमको पर्खाल आज कसरी गर्ल्याम्म ढल्यो ? म बिस्तारै हराएको रुमाल बिर्सिँदै छु। रुमाल साटेको मान्छेको यादलाई घटाउँदै छु। त्यो क्षितिजभन्दा पनि परसम्म फैलिएको ठानेको मेरो प्रेम किन यसरी खुम्चिएर गयो ? रुमाल साटेको त्यो सपनाको राजकुमारजस्तो मान्छे मेरो प्रेम लत्याएर कुन संसारमा बेपत्ता भयो होला, रुमाल हराए पछि ?’
उसले रुमाल हराएपछि सलले आँसु पुछ्दै रोएको सम्झी। उसको प्रेमीले रुमाल दिँदै मन्दिर अघि भनेको रुमाल हराएपछि सम्बन्धको चहकिलो रेखा पनि विस्तारै मेटिँदै जान्छ भन्ने कुरा मनमा आइरहेको थियो। जसले गर्दा ऊ मनमनै बढी पिरोलिएकी थिइ। कहिल्यै उसले आफ्नो प्रेमीलाई रुमाल हराएको कुरा बताएकी थिइन। शायद त्यो सञ्जोग मात्रै थियो वा वास्तविकता, रुमाल हराएपछि उसको शंका सत्यमा बदलिँदै गएको थियो। त्यसपछि बिनाकारण बिस्तारै उनीहरुको भेट पातलिएको थियो। सम्बन्धको गाढा रेखा फिका बन्दै गएको थियो। उसले आफ्नो प्रेम विस्तारै अतितको दुखान्त घटनामा बदलिदै गएको महसुस गर्दै गएकी थिई। आध्यात्मिक चिन्तनबाट पर रहेको उसको उत्तर आधुनिकजस्तो लाग्ने प्रेमीले भनेको शास्त्रीय र आध्यात्मिकजस्तो कुरा कसरी ठ्याक्कै उसको जीवनमा मेल खायो, ऊ प्रत्येक एकान्तमा सोचिरहन्थी।
उस्तै मांसपिण्डको मुटुमा बग्ने प्रेमको अनुभव र स्वादमा किन अन्तर हुन्छ उसले बुझ्न सकिन। उसले प्रेम गरेको समय क्षणिक भावुकता थियो वा शारीरिक सुन्दरताको आकर्षण मात्रै वा मानवीय समवेदना केही खुट्याउन सकिनँ। यो प्रेमको आरम्भ कसले गर्‍यो होला भन्ने प्रश्नको जवाफ उसले आफूभित्र पाइन र प्रश्नलाई मनमा खेलाइ राखी। तर प्रेमले दिएको बिछोडको पीडा र दुखले कठोर र आँटिलो बनाइ रहेको उसले अनुभव गरी। उसले हिँडिरहेका प्रत्येक प्रेमी मान्छेहरु कसैको भविष्य छैन भन्ठानी। प्रत्येक मान्छेसँग विगत मात्र छ, वर्तमान र भविष्य प्रष्ट छैन भन्ने उसलाई लाग्यो। उसले आगतको असुहाउँदिलो स्वरुपलाई हेर्न खोजी तर सकिन। यस्तै कुरा मनमा खेलाउँदै गए पछि आफूले औधी माया गरेको मानवीय समेदना निथ्रिएको आफ्नो प्रेमीलाई सम्झिँदा रक्तचाप बढ्लाजस्तो हुने आफ्नो समस्या केही कम भएको उसले महसुस गरी। उसलाई लाग्यो निर्भयता मात्रै मान्छेको जीवनको मृत्युसँगको विजय हो। प्रेमसँग हारे पनि मान्छे मृत्यु जितेर बसिरहेको हुन्छ र बस्नु पर्छ। तर भययुक्त नहुनु मात्रै जीवनको सुरक्षा होइन भन्ने पनि उसले ठानी। जीवन असुरक्षित छ र त सुन्दर छ, प्रेम जीवन भन्दा पनि असुरक्षित र सुन्दर रहेछ भन्ने उसलाई लाग्यो।
‘प्रत्येकको मनमा भएको घाउ दुख्नेले मात्र अनुभव गर्न सक्छ, नदुख्नेले अनुमान मात्र गर्ने हो’ उसले मनमै विचार गरी-’जन्म, भेट, प्रेम, विछोड, मृत्यु अचानक हुने रहेछ। यसबाट उत्पन्न हुने प्रत्येक पीडामा मान्छे मन दुखाएर बस्छ। शायद मान्छे मन दुख्छ भन्ने जान्दा जान्दै यी कुरा अङ्गालिरहेको हुन्छ। हेर्नेले देखेका प्रत्येक कुरालाई सत्य ठानेर अनुमान गरिदिन्छ। मेरो हुन नसकेको प्रिय मान्छे ! हो तिमीले भनेको सही रहेछ, देखेको मात्र सत्य ठान्नु मूर्खता रहेछ। र त्यो मूर्खता सबैभन्दा ठूलो भूल रहेछ। जीवन पहिरो झरिरहने भित्तोजस्तो रहेछ, जहाँ पानी पर्दापर्दै वा पानी रहेर घाम लागे पनि पहिरो जाने सम्भावना उत्तिकै हुँदो रहेछ। जीवनको अन्तिम सत्य मृत्यु मात्र रहेछ। मलाई अहिले लागि रहेको छ मृत्यु जीवनको द्वार हो र जीवन हुनुको पहिलो पहिचान पनि हो। मृत्यु भएन भने जीवन शायद जीवनजस्तो हुँदैन। बिछोडिनु प्रेमको मृत्यु हुनु रहेछ। र, बिछोडिनु पनि प्रेम हुनुको अन्तिम खास पहिचान रहेछ। बिछोडिएन भने त्यो प्रेम प्रेमजस्तो नहुने रहेछ। मानेँ, घोप्टो परेर बसेको त्यो नीलो आकाश हेर्दै मैले तिम्रो काखमा पल्टेर सुनेका प्रत्येक कुरालाई माने, जो नदीको छालजस्तो भएर अहिले पनि मेरो मस्तिस्कको भित्तासम्म तरङ्गरिहन्छ।’
ऊसँग अब त्यो रुमाल थिएन र झझल्को बाहेक रुमालसँगै आउने प्रेमीको हरक पनि थिएन।
पुल नजिकै पुगेका पाइला रोकेर रङ खुइलिसकेको पुरानो चौतारोजस्तो ऊ टक्क अडिई। बगेको खोलालाई पश्चिम पारेर अस्ताउँदो सूर्यलाई हेरी। अस्ताउन लागेको सूर्य हल्का खरानी टाँसिएको आगोको झरभराउँदो कोइलाजस्तो भएर क्षितिजको पहाडबाट आफूलाई बिलाउँदै थियो। नजिकैको रुखको कापबाट छिरेर आएको त्यसको तीखो किरण पनि विस्तारै सूर्यसँगै बिलाउँदै गएको उसले हेरिरही।
अब अघि सडकमा देखिएका रुखका छाँयाहरु क्रमशः झन् लामा लामा, भद्दा र छाँया नै नछुट्टिने गरी काला बन्दै थिए।
र, उसको सोचको नीलो दहचाहिँ विस्तारै घट्दै थियो।

Monday, January 5, 2009

मेरो गाउ


लुम्बिनी अञ्चलको पाल्पा जिल्लामा अबस्थित मदनपोखरा गाबिस नेपाल को नमुना गबिस आन्तर्गत पर्छ । उत्तरतिर सुन्दर नगरि तन्सेन र पूर्वमा आर्यभन्ज्याङको काखमा लुटुपुटियको मेरो गाउ हेर्नमा मनमोहक देखिन्छ। बिहानिको सुर्यको किरण हिमश्रीङखलामा देखिने पहेलो पर्दको द्रीश्य चारैतिर हरीयाली खोच र खोल्सा अनी बिच बिचको बस्तीले उदासियको मनलाई सितलता प्रदान गर्ने क्षयमता बोकेको छ यस्ले । अनेकतामा एकताको पाठ जो कोहिलाई पनि मदनपोखराले दिन साक्छ । मगर बस्तिको बाहुल्यता भयतापनी बाहुन नेवार दमै सार्की कामी लागायत अन्य जातिको बसोबास रहेको छ यहाँ । पुरानो सोचबिचार मुल्य मान्यता रुढिबादी आन्धपरम्परा कुरिती र बिसगती निम्त्याउने कला र सस्क्रितीलाई समयानुकुल पारीमार्जित गर्दै नयाँ सोच र बिचारधारामा लम्कियकोले समाजमा नौलोपनको आभास पाउनसकिन्छ । समाज र सामुदायको बिकास निर्माण र पर्बर्धनमा सामुदायिक संचारको महसुस गर्दे "सामुदायिक संचार बिकासको आधार" भन्ने नारा बोकेको "सामुदायिक रेडियो मदनपोखर" को स्थापनाले दक्षिण एसियामै पहिलो स्थान, नाम र सान जमायाको छ । मेहनत र लगन्सिल सोभाब जागर र फुर्तिले भरिपूर्ण यहाँका मानिस खेती किसानिदेखी लियर अफिस साम्म लगनताका साथ काममा तल्लिन देखिन्छन । अफिसमा जागिर खानेहरु पनि बिहान बेलुकी खेत बारीको काममा सहयोग गर्दछन । "काम गरेर सानो भैदैन क्यारे" यो उनिहरुको भनाइ हो।
तरकारी खेती यहाँको मुख्य आम्दानिको श्रोत मानिन्छ भने समयअनुसारको फलफुल बिक्रीले आम्दानीको श्रोतलाई थप टेवा पुर्याएको छ। ग्रीन हाउसको नयाँ प्रबिधीबाट गरिने बेमौसमे तरकारी खेतीले बारैमासे ताजा फलफुल तथा तरकारी को अभाबको महसुस हुन पाउदैन । अनी तेसोत माछा पालान, मौरी पालान, आधुनिक किसिमको बङुर पालान , अनी छिटो आम्दनी दिने अदुवाखेती र आलु खेती पनि निकै प्रचलनमा छ। नेपालदेखी देश बिदेश सम्म प्रचलित "पाल्पाली ढाका टोपी" अनी "पाल्पाली करुवा" ले नाम को साथ साथै दाममा पनि राम्रो सहयोग पुर्याएको छ । आर्गनिक कफि को उत्पादन र आँफै प्रसोधन गरी डेन्मार्क र जापान लगायत आन्य देशहरुमा समेत पुगेको छ । ग्रीन हाउसको नयाँ प्रबिधीबाट गरिने बेमौसमे तरकारी खेतीको एक झलक:


बिभिन्न उद्श्य प्रप्तीका लागि बिभिन्न समुहमा आबद्ध भई समान शहभागीता मेलमिलाप अनी लगनताकासाथ काम गर्नु पनि आर्को बिसेस्तामा पर्न आउछ । महिल बिकास र उत्थानमा आमा समुह सकृय छन। कफि खेती तथा प्रर्बर्धनका लागि कफि समुह, त्यतै गरी बाख्रापालान समुह, बाउ समुह लगायत गरी बचत गर्न प्रोत्साहन तथा ऋण आदानप्रदान का लागि बचत समुहहरुले उल्लेखनिय तथा उदाहरनिय काम गरेका छन। युवा तथा बालबालिक आ आफ्नै क्षेत्रमा आ आफ्नैतबले सक्रीय छन । सामुदायिक बन उपभोत्ता समुह र सामुदायिक जडिबुडी नर्सरी केन्द्रले ठुला समुहको नेत्रीत्व गरेको छन । सरकारी बनलाई समुदायमा हस्तान्तरण गर्ने तिती अनुसार मेरो गाउ मा पनि तीन वोटा सामुदायिक बन छ । समुदायलाई हस्तान्तरण गरेपछि बनले उचित स्याहार सुसार यबम सम्रक्षण पयको छ भने उपभोत्ताले समान उपभोग गर्न पायका छन। सेवासुबिधाले सम्पन्न छ भन्दा पनि हुन्छ मेरो गाउ लाई। साच्चै भन्नु पर्द मेरो गाउलाई रिङ रोडले घेरेकोछ। दुख्ख परको खन्डमा सबै जसो घरमा ट्याक्सी जान्छ । अनी सामन ओसर पसारका लागि ट्याक्टार निकै लोकप्रिय छ ।स्वास्थ्यका दृष्‍टिकोणले हेर्दा एउटा मात्र स्वास्थ्यचौकी भयपनी ठाउँठाउ मा भयको क्ल्निक ले धेरै मद्धदत गरको छ । यातायात सुबिधाले गर्द स्वास्थ्य क्षेत्रमा समस्या खेप्नु परको छैन । सुचना तथा संचार क्षेत्रमा मोबाइलले महत्त्वोपूर्ण भूमिका खेलेको छ। ब्यबसाहिक जमघट तथा ब्यक्त्तिगत समाचार आदानप्रदान का लेगी भरपर्दो, छिटो छरितो तथा सुरक्षित सेवा प्रदान गरको छ।

ल हेर्नुस् मान्छेको सोच बिचार कस्ता कस्ता हुन्छन यकै छिन चर्चा गरौ...

ल हेर्नुस् मान्छेको सोच बिचार कस्ता कस्ता हुन्छन यकै छिन चर्चा गरौ...

कोही पनि मान्छे जन्मिदा ठुलो सानो भयर जन्मेको हुदैन सामान्यतया सुरुमा जन्मेको सबै मान्छेको तौल बराबर जस्तो नै हुन्छ, अनी कोही धेरै ट्यलेन्ट र कोइ कम ट्यालेन्ट हुदैन अथवा कसैको मोटो कसैको तिखो दिमाग हुदैन। अथवा कोही शक्तिशली र कोही कम्जोर भयर जन्मेको हुदैन, यो त सबै तपाईंको गाउ समाज र बातावरणमा भर पर्नेकुरो हो। अपबाद बाहेकका सबै मान्छे दुई हात, दुई खुट्टा, नाक कान लगायत रित्तो दिमाग लियर जन्मेको हुन्छ। ल हेनुस् तपाईं भन्नुहुन्छ नि फलानो त कती असल, फलानो कती मुर्ख अनी फलानोको छोरो त डाक्टर भयो रे, फलानोको छोरो पाईलट भयो रे एस्तै एस्तै कुराहरु गर्नुहुन्छ नि होइन ? तर तपाईंले कहिले सोचनु भयको छ त यो सबै कसरी भयो भनेर!!! शायद छैन होला। अब प्रसँग बादलेर अर्कै कुरा गरौ है त, मैले एस्तो मान्छे देखेको छु की तपाईंलाई कसैले हेर हेर::: कौवाले त तेरो कान नै लगिदियछ नि भनेर कसैल जिस्काउछ अनी तपाईंले दाँया बाँया केहीपनी नसोची अथवा तपाईंले आफ्नो कान नै नछामी खोइ खोइ कता ह कता कता ::: भन्दै पुरा!! आकाश तिर हेरी खुब कौवाको पछी पछी दुगुर्नुहुन्छ::ल हेर्नौस यो चै यक थरी मान्छे भयो, एस्को माने त तपाईं बुज्नुभयको छ नि होइन त। कुनै पनि घटनालाई यक तर्फीमात्र हेरेर निणय गर्ने हरु हुन्छन नि उनिहरु को चालामाला एस्तै हुन्छ। कुनै पनि घटना, गल्तीहरुको सकारात्मक र नकारात्मक दुबै पक्षलाई केलायर हेर्ने मान्छे प्राय कमै छनहोला।

तपाईंले आर्को थरी मान्छे लाई चिन्नु भयको छ त, पक्कै छ तर पनि म फेरी याद दिलाउछु ल।। मान्छे अकदमै लोभि पनि हुँदा रहेछन। अब लोभी भनेर कसलाई भन्ने त अनी कस्तो खाल्को लोभि त । ल हेर्नुस् फलानोले यती कमायो रे दुबइ बाट फर्कदा, फलानोको त एती कोठे घर छ उती कोठे घर छ, त्यो पनि कति राम्रो अनी एती पैसा बैंक ब्यालेन्स राखेको छ रे, ल हेर्नुस् त कस्तो लोभि मान्छेको जात !!!! उल्ले कती ढुख गरेर कमायाको होला त्यतापट्टी त उनीहरुको सोचै छैन उस्ले गरको दु:ख बाट यउटा राम्रो पाठ सिकनु, उजस्तो लगनसिल बन्नु अनी मेहनत गरेर नै सफल भाईदो राइछ भन्नु कहाँ हो कहाँ उल्टै उनिहरु भित्र भित्रै जलेका हुन्छन, आ-आफुमा मुर्मुरियका हुन्छन आफु आफैसँग। अनी उनिहरुले आफुले आफैलाई हिनताबोधको महसुस गर्न थालछन। अनी एउटा मानसिक तनाबको सिर्जना हुन्छ,नकारात्मक सोच र बिचारले उस्को मन छताछुल्ल हुन्छ अनी त्यो छताछुल्ल मनको करणले दुर्घटना निम्त्यउछ। ल हेर्नुस् त लोभको करणले के-के हुदोरैछ!!!!


मान्छे त कस्ता कस्ता हुन्छ हुन्छन यो त बणन गरेर साध्यनै हुदैन। अब बिचारको दृष्‍टिकोणले हेर्ने हो भने त म एउटा मान्छे संकुचित बिचारधारा र फराकिलो बिचार धारा भयका अब English भन्दा के भन्छन Narrow Minded and Wide Minded. अब संकुचित बिचारधारा भयका मान्छेहरुलाई कसरी बणन गरौ र म पुरानो रितिरिवाज, कलासस्क्रिती, मुल्य र मान्यतामा यकदमै अडिग रहने! ताकी यो समय र परिस्थिती अनुसार परिमार्जित गर्नुपर्ने हुन्छ त्यतापट्टी त सोच्दैनसोच्ने अनी कसैको सुझाब नसुन्ने अनी जातिय भेदभाबमा अडिग रहने मान्छे अझै कती छन कती, प्राय गरेर हाम्रा हजुरामा अनी आमा बाउहरु अनी उनिहरुकै डर र मायाममताका करण हामी जस्ता युबाहरु पनी हैन अब त एसोमा एसो गर्नु पर्छ भनेर भन्नेलाई उल्टै ए!! तेरो बाउ लाई सिकाउने भाईस होइन त भनेर झपार्ने गर्दछन अब एस्तो मान्छे लाई म कसरी सम्झाउने म त सक्दिन है!!!! तपाईं नै सम्झाउनुस् !!

तपाईंले आर्को थरी मान्छे लाई पनि चिनेकै हुनुपर्छ, कस्तो भने ने तपाईंले ख्याल गर्नु भयको छ कि छैन तपाईंकै माजमा तपाईंकै वोरिपरी एस्ता मान्छे हुन सक्छन, तपाईंले न चिनेको पनि हुन सक्छ। कसैले मत्लब तपाईंकै ज्ञायाङ मध्यकै कुनै साथीले राम्रो कार्यपर्गती गरेको छ भने उस्लाई कसरी डाउन गर्ने अथवा उस्लाई अनेक थरी जाल रचेर उलाई बिगार्ने हरपल कोशीस गरिराख्छन एस्ता मान्छे तपाईंकै वोरिपरी हुन्छन ख्याल राख्नुहोलानी!!!!!

अ त म तपाईंलाई माया गर्छु अनी तपाईं पनि मलाई माया गर्नुहुन्छ, धेरै भयो हर्मो मायापिरती बसेको तर हेर्नुस् न यहाँ एस्ता मान्छे पनि चन कि हाम्रो मायापिरती, मेलमिलाप अनी हामी बिच भयको खुशी पटक्कै देखी सहन्नन, अनी उनिहरु सोच्न थाल्छन यिनिहरुको मायापरिती कसरी बिगारने, छुटाउने…. मैले थाहा पायको उनिहरु कस्तो गर्दा राइछन भने, मेरो कुनी न राम्रो कुर अथवा कुनी न राम्रो बानी उस्लाई सुनाइदिने अनी भन्छन रे त्यो त एस्तो छ उस्तो छ, एसो गर्छ , उस्तो गर्छ नानाभाती कुरा लगैदिन्छन अनी आफु चै उसँग मख्ख पर्नेरे ल हेर्नुस् त उता मेरो बारेमा नराम्रो कुर लगाइदिन्छन अनी म सँग आउछन उस्को बारेमा न राम्रो कुरा लगाएदिन्छन। अब दुइटैको नजरमा दुइटै नराम्रो भयनत!!! अनी यक्ले आर्कालाई गल्ती लगाउनेगर्छौ अनी भयको तेती राम्रो सम्बन्धमा छारो, सिद्द्यो तपाईंहाम्रो सम्बन्ध। मतलब मान्छेले मान्छेलाई एसरी नै बिगारने गर्छन्….. Be careful with them. एस्को उधाहरण तपाईं आफ्नो गाउ, समाजमा हेर्नुस् अनी तपाईं पनि अध्ययन गर्नुस् र मैले भनको कुर ठिक हो वा होइन मलाई खबर गर्नु ………

Sunday, December 21, 2008

गजल - निम्तो

कुहुकुहु कोइलीको आवाजले नै स्वागत गरी।
लेक, बेसी,भन्ज्याङमा स्वोच्छ सितल हावा भरी।।

भिन्न जाती पेशा,धर्म, समानता र मेलमिलाप।
ठुलो सानो हुन्न भन्ने मान्यता छ बराबरी।।

चारैतिर स्कुल क्याम्पस मोटरबाटो सररर।
सुचना र संचारमा हुँदैछ जापान सरी।।

तान्सेन र आर्यभन्ज्य रुप्से अनी डाडुमको।
बिचमा पर्ने माडिफाट मनमोहक द्रिस्य परी।।

माडिफाट काखमा छ मेरो गाउ मदनपोखरा।

आउनुहोला घुम्नलाई सबैलाई ज्ञान छरी।।

Wednesday, December 10, 2008

गजल।।।।।

गजल।।।।।

तिम्ले देको उपहार मैले कत्तै फाल्याछैन।
फाटियको मुटु मैले अझै पनि टाल्याछैन।।

तिम्रै नाममा जीवन मैले समर्पण गरिसके।
तिम्लाई छाडी मन मैले अन्त कत्तै भाल्याछैन।।

तिम्ले जे जे सोचेनी मनमा पाप पाल्याछैन।
बगैचाका भमराझै मन कत्तै चाल्याछैन।।

जिन्दगीको पाठ सिक्न अझ धेरै बाँकीनै छ।
सफलताको दीप मैले अझै नि बाल्याछैन।।


Tuesday, August 26, 2008

मित्र भनेको के हो...

मित्र भनेको के हो ?देश के हो ? खर्च के हो ?जात के हो ? म को हुँ ? मेरो सामर्थ्य के छ ?बारम्बार चेतनु!!!!!!!!!
सिंह को एक गुन लिनु बकुल्ला को एक गुन लिनु, कुकुर को चार गुन लिनु ,गदाहको तीन गुन लिनु!!!!!!!
केही कार्य परेपनि सिद्द्याइ छाड्नु,कसैले गर्न नसकेको काम गर्नु ,यती गुन सिंह को लिनु

ज्ञानी मानिसले आफ्नो काम नवनुन्जेल साधु भैरहनु
काम को अवसर परे काजको नै साधना गर्नु यो गून बकुल्लाको लिनु
आइपरे खानु ,नभए सन्तोष भैइरहनु चाँडै सुत्त्नु,चाँडै उठ्नु ,स्वमिको सेवा गर्नु, यती गुन कुकुरको छेउ लिनु
नबिसाइकन भारि बोक्नु,तातो चिसो नभनी ढिलो भएपनि सन्तोष मान्नु
यती गुन गधा सँग सिक्नु

कमलको फुल्जस्तो उज्यालो मुख, श्रीखान्ड जस्तो शितल वचन्,
हृदयमा भने कर्जी जस्तो यि तीन धुर्त का लक्ष्यण हुन ।
दुर्जन मनुश्यसित विश्वास नगर्नु
किनभने
जिभ्रामा अमृत पेट मा बिष हुन्छ ।
दुर्जन हरु अर्का को दोश रायो प्रमाण पनि देख्छन
आफ्नो भने वेल को गेडो जस्तो पनि नदेखे झै गर्छन । देख्न्नाको राम्रा ,धनवन्त छन्,
ज्ञान गुन नभएका मुर्खहरु
सुवाश नभएका पलाशका फुल हुन.

Monday, August 25, 2008

Easy is to get अ प्लेस.....


Easy is to get a place in someone's address book. Difficult is to get a place in someone's heart. Easy is to judge the mistakes of others Difficult is to recognize our own mistakes Easy is to talk without thinking Difficult is to refrain the tongue Easy is to hurt someone who loves us. Difficult is to heal the wound... Easy is to forgive others Difficult is to ask for forgiveness Easy is to set rules. Difficult is to follow them... Easy is to dream every night. Difficult is to fight for a dream... Easy is to show victory. Difficult is to assume defeat with dignity... Easy is to admire a full moon. Difficult to see the other side... Easy is to stumble with a stone. Difficult is to get up... Easy is to enjoy life every day. Difficult to give its real value... Easy is to promise something to someone. Difficult is to fulfill that promise... Easy is to say we love. Difficult is to show it every day... Easy is to criticize others. Difficult is to improve oneself... Easy is to make mistakes. Difficult is to learn from them... Easy is to weep for a lost love. Difficult is to take care of it so not to lose it. Easy is to think about improving. Difficult is to stop thinking it and put it into a ction... Easy is to think bad of others Difficult is to give them the benefit of the doubt... Easy is to receive Difficult is to give > Easy to read this Difficult to follow…

Thursday, March 9, 2006

Must Read


Must Read for Every Man and of course Woman (to understand man) If a female is reading this article then just realize the value of a man; and if its a male then feel proud of after reading it! "One day, while a woodcutter was cutting a branch of a tree above a river, his axe fell into the river. When he cried out, the Lord appeared and asked, "Why are you crying?" The woodcutter replied that his axe has fallen into water, and he needed the axe to make his living. The Lord went down into the water and reappeared with a golden axe. "Is this your axe?" the Lord asked. The woodcutter replied, "No." The Lord again went down and came up with a silver Axe. "Is this your axe?" the Lord asked. Again, the woodcutter replied, "No." The Lord went down again and came up with an iron Axe. "Is this your axe?" the Lord asked. The woodcutter replied, "Yes." The Lord was pleased with the man's honesty and gave him all three axes to keep, and the woodcutter went home happy. Some time later the woodcutter was walking with his wife along the riverbank, and his wife fell into the river. When he cried out, the Lord again appeared and asked him, "Why are you crying?" "Oh Lord, my wife has fallen into the water!" The Lord went down into the water and came up with ANGELINA JOLIE "Is this your wife?" the Lord asked. "Yes," cried the woodcutter. The Lord was furious. "You lied! That is an untruth!" The woodcutter replied, "Oh, forgive me, my Lord. It is a misunderstanding. You see, if I had said 'no' to ANGELINA JOLIE , You would have come up with CAMERON DIAZ . Then if I said 'no' to her, you would have come up with my wife . Had I then said 'yes,' you would have given me all three. Lord, I am a poor man, and am not able to take care of all three wives, so THAT'S why I said yes to ANGELINA JOLIE ." The moral of this story is: Whenever a man lies, it is for a good and honorable reason, and for the benefit of others. That's our story, and we're sticking to it! - "WE ARE HONORABLE MEN!!!!

NASA Image of the Day

About Me

My Photo
Narayan Bashyal
Simple Living High thinking...
View my complete profile

My Blog List

Video Bar

Loading...