हाइकु
बुझ्न छ गाह्रो
संसारको यो रिती
उन्लाई झन।।
सपना देख्थेँ
माया पाउने आस
ब्युँझे निरास।।
आकासै खस्यो
बेसरी म थिचिँय
कस्लाई भनुँ।।
दोधारे मन
बिचल्लिको संकेत
वाक्य भो बन्द।।
कबिता (फुल र माली) जमिन
यौटै हो, बगैचा नि(2)
भयो मात्रै माली को परिवर्तन
यहाँ परिवर्तन को मुना पलाई सकेछ
आझै ठुलो त भयो सत्ता परिवर्तनको ।।
नयाँ मालीको नयाँ सोच र बिचार(2)
जल र मल को सन्तुलित उपहारले
फुल फुल्ने हो कहिले
फक्रेर फल लाग्ने झन कहिले।।
रङगी र चङगी फुल फुलाउने सपना(2)
बोकेको मालीको खुट्टा तान्नेले
अनी डर र त्रासमा पलायको मुना
ओइलाई जाने पो हो कि भन्ने डर भमरामा।।
समय र वातावरणको परिवर्तन सँगै(2)
फुल र मालीबिच दोन्दको सिर्जना
उचाल्ने र पछार्नेको होड्बाजिले
भयो बगैचा जङगल सरी।।
सुनमा सुनगन्ध थ्यो अब भो दुर्गन्ध(2)
छैन अब बगैचामा फुल को सुगन्ध
माहुरी को बिस्थापन, सुनसान भो बगैचा
सपना सपनै भो ब्युझने हो कहिले।।
गजल - निम्तो
कुहुकुहु कोइलीको आवाजले नै स्वागत गरी।
लेक, बेसी,भन्ज्याङमा स्वोच्छ सितल हावा भरी।।
भिन्न जाती पेशा,धर्म, समानता र मेलमिलाप।
ठुलो सानो हुन्न भन्ने मान्यता छ बराबरी।।
चारैतिर स्कुल क्याम्पस मोटरबाटो सररर।
सुचना र संचारमा हुँदैछ जापान सरी।।
तान्सेन र आर्यभन्ज्य रुप्से अनी डाडुमको।
बिचमा पर्ने माडिफाट मनमोहक द्रिस्य परी।।
माडिफाट काखमा छ मेरो गाउ मदनपोखरा।
आउनुहोला घुम्नलाई सबैलाई ज्ञान छरी।।गजल - निम्तो
कुहुकुहु कोइलीको आवाजले नै स्वागत गरी।
लेक, बेसी,भन्ज्याङमा स्वोच्छ सितल हावा भरी।।
भिन्न जाती पेशा,धर्म, समानता र मेलमिलाप।
ठुलो सानो हुन्न भन्ने मान्यता छ बराबरी।।
चारैतिर स्कुल क्याम्पस मोटरबाटो सररर।
सुचना र संचारमा हुँदैछ जापान सरी।।
तान्सेन र आर्यभन्ज्य रुप्से अनी डाडुमको।
बिचमा पर्ने माडिफाट मनमोहक द्रिस्य परी।।
माडिफाट काखमा छ मेरो गाउ मदनपोखरा।
आउनुहोला घुम्नलाई सबैलाई ज्ञान छरी।।
गजल
तिम्ले देको उपहार मैले कत्तै फाल्याछैन।
फाटियको मुटु मैले अझै पनि टाल्याछैन।।
तिम्रै नाममा जीवन मैले समर्पण गरिसके।
तिम्लाई छाडी मन मैले अन्त कत्तै भाल्याछैन।।
तिम्ले जे जे सोचेनी मनमा पाप पाल्याछैन।
बगैचाका भमराझै मन कत्तै चाल्याछैन।।
जिन्दगीको पाठ सिक्न अझ धेरै बाँकीनै छ।
सफलताको दीप मैले अझै नि बाल्याछैन।।